प्रचण्ड- नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, माघ १८ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ ।

संसदविघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समुहले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो।

प्रतिनिधि सभा विघटनविरुद्ध जारी आन्दोलनका कार्यक्रमको समीक्षा र भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए । बैठक कार्की ब्यांक्वेट बवरमहलमा बस्ने छ ।प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोध सभाको तयारी गरेको छ ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे पनि धारणा लिने स्थायी कमिटी सदस्य गणेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस्