संसद विघटन मुद्दाः आजको सुनुवाइ हेर्दाहेर्दैमा, भोलिदेखि सरकारी वकिलले बहस गर्ने

काठमाडौँ , माघ १८ । प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको छ ।

रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन दिनसम्म बहस गरेका छन् , शनिबार बाहेक ! सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन् ।

यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरे । रिट निवेदकको तर्फबाट अन्तिममा १३ नम्बर रिट निवेदक तुलसी सिम्खडाले बहस गरे । आइतबार मात्रै रिट निवेदकको तर्फबाट १० जना कानुन ब्यवसायी र निवेदकले बहस गरे । गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् ।

पुस ६ गते यसको विरुद्धमा सर्वोच्चमा रिट निवेदनहरु दर्ता भएका थिए । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्