अब यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने
काठमाडौं, माघ १८ । अब यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने भएको छ । नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने बताएको छ ।
खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’मा समचार प्रकाशित छ ।
कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई सरकारले विदेशीलाई पनि नागरिकता दिने नयाँ व्यवस्था ल्याएको हो।
साथै ती व्यक्ति तथा तिनको परिवारका सदस्यले दोहोरो नागरिकतासमेत राख्न पाउने व्यवस्था पनि ल्याएको छ ।
नेपालीको पनि श्रम गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई)मा धेरै नेपली कामदार पनि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्