आज पनि प्रचण्ड र माधव नेपाल माइतीघरमा , संसद विघटन असंवैधानिक भएको भन्द धर्ना
काठमाडौं , माघ १८ । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।
यसैबीच संसद विघटनको विरोधमा आज पनि नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले माइतीघरमा धर्ना दिएका छन् ।
धर्नामा प्रचण्ड र नेपालमा सहभागी भएको हामी तस्बिरमा देख्न सक्छौ । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु पनि सहभागी छन् ।
संसद विघटनको विरोधमा यो समुहले आन्दोनलका कार्यक्रम जारी नै राखेको छ । हिजो मात्रै कैलालीको धनगढीमा ठुलै आमसभा गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्