नेकपा फुटेको होइन, केही मान्छे बाहिरिएका हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्।शनिबार चितवनमा आयोजित आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबि गरेका हुन् ।

उनले केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक नपर्ने बताए। उनले नेकपाबाट केही मान्छे बाहिरएको मात्र टिप्पणी गरे। ओलीले विकासको गति तीब्र गरेपछि प्रचण्ड-नेपाल समूहका नेता छट्पटछिएको आरोप लगाएका छन्।चुनाव घोषणा गरिएकै मितिमा हुने दावी पनि उनले सभामा गरे।

पार्टी विभाजनको सन्दर्भ उप्काउँदै ओलीले पार्टीभित्र शुद्धिकरण आवश्यक रहेको बताए। उनले गत वर्षमात्र ९ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र बनाएको दावी गरे भने तीन वर्षमा ५ हजारभन्दा बढी किलोमिटर सडक पिच गरेको बताए।

ओलीको आमसभाको सुरुवातमात्र भएको बताए। अब चुनाव अघि अहिलेभन्दा दोब्बर ठूलो आमसभामा बोल्न आउने पनि बताए।  उनले नेपालीहरु खाडीमा जानेक्रम घटेको दावी पनि गरे।

प्रतिक्रिया दिनुहोस्