एनएमबि बैंकका ग्राहकले क्युआर कोडबाट बल्खु तरकारीको भुक्तानी गर्नसक्ने
काठमाडौं, १६ माघ । एनएमबि बैंकका ग्राहकले क्युआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार गर्नसक्ने भएका छन् । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित शुक्रबार एक कार्यक्रममो आयोजना गरि बल्खु तरकारी बजार क्षेत्रमा क्युआर मार्फत भुक्तानीको सुरुवात गरेको हो । शुक्रबार बैंकले एक कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उक्त सेवाको सुरु गरेका हुन् ।
उक्त कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष, कुमारी क्लबका पुर्वअध्यक्ष तथा समाजसेवि मोहन कुमार बस्नेत , बल्खु कृर्षि तथा तरकारी बजारका अध्यक्ष रामकृष्ण कुँवर लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रामा नगद कारोबार गर्दा पर्ने संवेदलशिलता र क्युआर कोड मार्फत गर्दा हुने सुरक्षाको अवस्थाका बारेमा आ–आफ्ना व्यक्त गरेका थिए ।
यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्