सन्राइज क्यापिटलको साधारण सभा, १५% नगद लाभांश पारित

काठमाडौं, माघ १६ । सन्राइज क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आईरहेको छ ।

वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सन्राइज बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सन्राइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्