ओलीको प्रचण्डलाई प्रश्न – देश र जनताका लागि अहिलेसम्म के -के गर्नु भयो ?

काठमाडौँ , माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अहिलेसम्म कार्यकर्ता र जनताका लागि के के गर्नु भयो भन्दै प्रश्न गरेका छन् ।

नेकपा ओली पक्षको काठमाडौ महानगर कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । देश र जनताका लागि अहिलेसम्म के गर्नु भयो भन्दै उनले प्रश्न गरेका हुन् ।

साथै उनले प्रचण्डले अहिले पनि धम्काईरहेको भन्दै अब प्रचण्डको धम्कीबाट कोहि पनि नडाराउने बताए । पार्टीलाई बढाउने क्रममा पार्टीमा गलत मान्छे भित्रिएको भन्दै ओलीले तमाशा देखाएको बताए ।

हिजो पार्टी भित्र गाली गालोज गरिरहेको र अहिले बाहिर गएकाले अहिले पार्टी शुद्ध र एकताबद्ध भएको उनले उल्ले गरे । प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता भएको बताउँदै प्रचण्डपथलाई अंगालेको उनको भनाइ रहेको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल कहिल्लै पनि चुनाव जितेर प्रधानमन्त्री नभएको दाबि गरे । उनले प्रचण्डको पहलमा प्रधानमन्त्री बनेकाले अहिले सोहि गुन तिरिरहेको पनि बताए ।साथै ,उनले प्रचण्ड र नेपालले आफुलाई काम गर्न नदिएको पनि बताए ।

साथै ओलीले अब देश चुनावमा गइसकेकाले अब चुनाव जसरी पनि हुने बताए । कसैले रोकेर चुनाव नरोकीने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्