ओली सरकार काम चलाउ भएकाले महत्वपूर्ण निर्णय गर्न मिल्दैनः कोइराला
काठमाडौं , माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकार काम चलाउ भएकाले कुनै पनि महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको जिकिर गर्दै अदालतप्रति कांग्रेसले भरोसा राखेको उल्लेख गरे । साथै उनले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको गरेको बताए ।
महामन्त्री कोइरालाले शहीदले मुलुकप्रति गरेको योगदानलाई विर्सन नहुनेमा जोड दिए । देशलाई संकटबाट जोगाउन उनीहरुले देखाएको बाटोमा हिड्नु पर्ने उनको भनाइ रहेको थियो ।
गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सासंद विष्णुप्रसाद लामिछाने, सासंद ओमकला गौतम लगायतले शहीद परिवारलाई राज्यले नहेरेको भन्दै गुनासो गरेका थिए ।
उनले यस्ता परिवारलाई सरकारले हेर्न नचाहेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्