अब निर्वाचन कुनै पनि माइकलाले रोक्न सक्दैनः मन्त्री श्रेष्ठ
काठमाडौं , माघ १६ । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गरिसकेका छन् । यसरी संसद विघटन गरेपछि नेकपा दुई समुहमा विभाजित भएको छ ।
दाहाल नेपाल समुहले निर्वाचन कुनै पनि हालतमा नहुने दाबि गर्दै आएका छन भने ओलीले भएरै छोड्ने चेतावनी दिएका छन् । यता ओली समुहका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै ‘माइकलाल’ले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।
काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठल यस्तो ठोकुवा गरेका हुन् । मुलुक चुनावमय भैसकेको दाबी गर्दै उनले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको बताए ।
उनले यो सरकारले दर्जनौं गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पूरा गरेको उनको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्