विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? अब कोरोना खोप लगाएर आए क्वारेन्टिन बस्न नपर्ने !
काठमाडौं , माघ १६ । कोरोना खोप लगाएर आए अब क्वारेन्टिन बस्न नपर्ने भएको छ । यो नियम विदेशबाट नेपाल आएकाहरुमा लागू हुने भएको हो । यसअघि विदेशबाट नेपाल आए क्वारेन्टिनमा बस्नु पथ्र्यो भने अब कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम सरकारले ल्याउँदैछ ।
अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान छ । तर अब भने यस्तो प्रावधान नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् । उनका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ ।
खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले जनाकारी दिए । नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको पनि उनले बताए । यता पछिल्लो समय नेपालमा पनि कोरोना खोप अभियान सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्