प्रचण्डको दाबि- अब केहि महिनाभित्रै ओलीको स्वेच्छारिता अन्त्य हुन्छ

काठमाडौं, माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् ।

आज बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले अब केहि महिनाभित्रै केपी ओलीको स्वेच्छारिता अन्त्य हुने दावी गरे ।

अध्यक्ष प्रचण्डले भने ‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं,’ । साथै उनले आफुहरु अब विकासको समृद्धिको नयाँ योजना लिएर आउने बताउँदै देशलाई पनि नयाँ युगतिर लैजाने बताए । अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डो¥याउने उल्लेख गरे ।

आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको उनले बताए ।उनले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेकोे बताए ।

अदालतले आफुहरुलाई न्याय दिनेमा आफुहरु विश्वस्त रहेको उनको भनाइ रहेको थियो
गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको उनले बताए ।

संसद पुनस्र्थापना गर्नका लागि सबैले जाग्नु पर्ने बताउँदै उनले यसका लागि सबैले विरोद्धसहित सडकमा आउनु पर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्