विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने अभियान’ सुरु
काठमाडौं, माघ १५ । नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ । कांग्रेसले आज विरगञ्जमा एक पत्रकार सम्मेलन आयोजना गर्दै ‘गरिखाने अभियान’ को घोषणा गरेको हो ।
नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना सहित उक्त अभियान सुरु गरिएको उद्योगी चौधरीले बताए ।उनले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका युवाहरुलाई यस अभियानमा समेट्ने बताए । नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका सबैलाई समेटेर लैजाने योजना आफ्नो रहेको उनले बताए ।
उनले भने अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं,’ । साथै उद्योगी चौधरीले गरीखाने अभियान प्रत्यक जिल्लामा चलाउने योजना रहेको पनि जानकारी गराए । साथै उनले गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउँदै गरेको पनि उनले बताए ।
प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भएको बताउँदै उनले प्रत्येक जिल्लामा बनाउनुपर्छ भन्ने नै आफुहरुको सोच रहेको बताए । उद्यम र व्यवसायको रुपमा सबैभन्दा अगाडि वीरगञ्ज रहेकाले त्यहीँबाट आफुहरले अभियान सुरु गरेको उनले बताए ।















प्रतिक्रिया दिनुहोस्