नेपालमा झन भ्रष्टाचार बढ्यो
काठमाडौं , माघ १५ । ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालमा झन भ्रष्टाचार बढेको बताएको छ । एक तथ्य सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनले यस्तो बताएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गत वर्षको तुलनामा यस वर्ष भने ४ स्थान तल झरेको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष ११७ औं स्थानमा पुगेको हो । ३३ अंकमा अन्य ४ मुलुकलाई उछिनेर नेपाल ११७ औं स्थानमा पुगेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ भने डेनमार्क पनि ८८ अंकसहित सीपीआईको र्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।
यस्तै ट्रान्सपरेन्सीको सर्वेक्षण अनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्