प्रचण्ड -नेपाल समुहद्वारा माघ २८ को प्रदर्शन अहिलेसम्मकै सशक्त बनाउने निर्णय
काठमाडौं , माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन जारी नै राखेको छ ।
अबको आन्दोन झनै सशक्त बनाउने यो पार्टीको तयारी छ । विहिबार बिहान केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
दुवै अध्यक्षको उपस्थितिमा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले अहिलेसम्मका आन्दोलनका कार्यक्रमको समीक्षा समेत गरेको छ । साथै घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
बैठकले अबका कार्यक्रममा जनसहभागीता बढाउने र विपक्षी राजनीतिक दलका साथै नागरिक आन्दोलनलाई पनि समेट्नेबारे छलफल भएको जनाइएको छ ।बैठकले माघ २८ गतेको वृहत प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णयसमेत गरेको जनाइएको छ । यसअघि प्रचण्ड-नेपाल पक्षले यसअघि माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गरेको थियो ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संर्घषमा रहेको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।















प्रतिक्रिया दिनुहोस्