महिला लघुवित्तले आईपाीओ जारी गर्न बोर्डबाट पायो स्वीकृति

काठमाडौं , माघ १४ । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

यसका लागि आईपीओ जारी गर्न लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्