प्रतिनिधिसभा विघटन मुद्धा : फेरी समय तोकियो , अब हरेक वकिललाई बढीमा १५ मिनेट मात्रै

काठमाडौँ, माघ १४ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको बुधबारको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिरहेका छन् । बसहको आज दशौँ दिन रहेको थियो । अबको बहसमा हरेक वकिललाई १७ मिनेटको समय मात्रै दिइने भएको छ ।

बसहको समय छोटाएको छ । बहसको अन्त्यमा प्रधानन्यायाधीश राणाले अब हरेक वकिललाई बढीमा १५ मिनेट समय दिने बताएका छन् । निवेदकका तर्फबाट बहस गर्ने वकिलहरु ३ सय भन्दा बढी भएपछि हरेक वकिलका लागि संबैधानिक इजलासले बढीमा १५ मिनेटको समय दिने निर्णय गरेको हो । बहसका क्रममा केहि वकिलले घन्टौ बहस गरेपछि इजलासले बहसको समय तोकेको हो । यस अघि पनि बहसको समय तोकिएको भएपनि पालना भने गरिएको थिएन । प्रधानन्यायाधीश राणाले बहस छोटो गर्न अधिवक्ताहरुलाई आग्रह गरेका छन् ।

बुधबार नेपाल बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलालगायतले बहस गरेका थिए । डा. संग्रौलाले अहिलेको संसद विघटन अदालतले सदर गरेमा यस पछिका कुनै पनि संसदले पाँच बर्ष पुरा नगर्ने टिप्पणी गरेका थिए ।

बुधबारको बहसमा न्यायाधिश सपना प्रधान मल्लले रिट निवेदक मध्येका एक कृष्णभक्त पोखरेललाई कहिलेसम्म बहस लम्बाउने हो भन्दै प्रश्न गरेकी थिइन् । पोखरेलले जवाफमा राष्ट्रिय चासोको विषय भएकोले सबैको ध्यान यस तर्फ हुनु स्वाभाविक भएको प्रतिक्रिया दिएका थिए । उनले आफुहरु बहस नलम्बियोस भन्नेमा सचेत रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्