एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौँ , माघ १४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा पुगेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको हो ।एपीएफका लागि शंकर रानाले सर्बाधिक ४४ रन बनाएका थिए भने भुवन कार्कीले ४२ रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोराले ३४ रनको योगदान दिए भने सुबास खकुरेल र कमल ऐरीले १९-१९-१९ र कप्तान शरद भेस्वाकरले १८ रन बनाए । त्यस्तै अविनाश बोहोराले अविजित ११ रन बनाएका थिए ।

त्यसैगरी पुलिस क्लबका बलर आरिफ सेखले ३ विकेट लिएका थिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए । त्यस्तै रशिद खान र सागर ढकालले एक एक विकेट लिएका थिए । पिएम कपको फाइनल खेल आगामी शनिबार हुदै छ ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच विहिबार खेल हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्