बझाङमा खुँडा प्रहार गरी युवकको हत्या: संलग्नलाई कारबाही गर्न कांग्रेसको माग , बजारमा टायर बाल्दै नाराबाजी
काठमाडौं, माघ १४ । बझाङको छविसपाथिभेरा गाउँपालिका ३ का तरुण दलका स्थानीय नेता अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गरिएको छ ।
मंगलबार २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। यसैबीच हत्यामा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
सिंहमाथि खुँडा प्रहार गरी हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कडा कारबाही गर्न कांग्रेसले माग गरेको हो।स्थानीय विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कंने क्रममा मंगलबार साँझ उनलाई खुँडा प्रहार गरि हत्या गरिएको हो ।
नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।
यसैबीच बुधबार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ सहित काँग्रेसका भातृसंगठनहरुले चैनपुर बजारमा प्रदर्शन गरेका छन् । उनीहरुले टायर बाल्दै नाराबाजी गरेका छन भने चैनपुरको यातायात र बजार समेत बन्द गराएका छन् । पीडित परिवारले हत्याका आरोपीहरुलाई कडा कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् ।

















प्रतिक्रिया दिनुहोस्