प्रधानमन्त्री ओलीले गरे खोप अभियानको निरिक्षण

काठमाडौँ , माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन् । आजबाट सुरु भएको खोप अभियान अन्र्तगत काठमाडौं उपत्यका लगाएत सातै प्रदेशमा खोप अभियान चलीरहेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्ताल पुगेर खोप लगाएको अनुगमन गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री ओलीले अभियानको निरिक्षण गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताललगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरेका हुन् ।

बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । उनले आगामी तीन महिना भित्र सबैले खोप लगाउन पाउने बताउदै भारतबाट थप खोप ल्याउने तयारी भइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्