कुमारी बैंक र अश्री ज्वेलर्स बिच सहकार्य
काठमाडौं,माघ १४ । कुमारी बैंक र सुनचाँदी हिरा लगायत अन्य बहुमुल्य रत्नहरुको हस्त निर्मित गरगहनाहरुका लमगि परिचित गहना घर अश्री ज्वेलर्स प्राइभेट लिमिटेडका बिच छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सहकार्य पश्चात कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुलाई अश्री ज्वेलर्सका डाईमन्डका गहनाको खरिदमा १५ प्रतिसतसम्मको आकर्षक छुटको प्रावधान भएको छ ।
उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख प्रविन झा र अश्री ज्वेलर्सका निर्देशक रवि कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामीदिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्