उपाध्यक्ष गौतमले गरे नेकपा एकता अभियानको घोषणा: भने -आफु प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु
काठमाडौं , माघ १४ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिएको हो ।
यसरी दुईतिहाइको नेकपा विभाजित भइरहदा पार्टी एकताकै पक्षमा आफू उभिएको बताइरहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज आफूपक्षिय भेलाको आयोजना गरेका छन् ।
उनले ललितपुरको धोविघाटमा नेकपा एकता अभियानको घोषणाको भेलाको आयोजना गरेका हुन् ।
भेलामा गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने उनको भनाइ रहेको थियो । उपाध्यक्ष गौतम अहिलेसम्म कुनै पनि समुहमा गएका छैनन् । हिजो मात्रै उनले जसले अध्यक्ष दिन्छ उसै समुहमा जाने बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्