प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा प्रचण्ड- नेपाल पक्षका नेता कार्यकर्ताद्वारा धर्ना
काठमाडौं , माघ १४ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले आन्दोलन गरिरहेको छ । आन्दोलन गर्ने क्रममै माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ । आन्दोलनमा गर्ने क्रममै यो समहुले बुधवार काठमाडौको माइतीघरमा धर्ना दिएको छ ।
धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु सहभागी रहेका थिए । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन् । तेस्रो चरणको विरोध प्रर्दशनसहित सभा हुने जनाइएको छ। बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रदर्शनसँगै सभा गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जनाएको छ। यस समूहले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको थियो ।

















प्रतिक्रिया दिनुहोस्