आजदेखि देशभर सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
काठमाडौं, माघ १४ । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान आजबाट देशभर सुभारम्भ हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । यसपछि देशभर एकैसाथ सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ ।पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने कार्यक्रम छ ।
गौतमका अनुसार देशभरका ३ सय खोप केन्द्रमध्ये सात प्रदेशका १२० केन्द्रमा खोप पुगिसकेको छ । २८० केन्द्र तयार हुन बाँकी रहेकाले ती केन्द्रबाट खोप सुरू हुन भने कम्तीमा आइतबारसम्म लाग्ने गौतमले बताए ।
नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्