थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौं, माघ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरेर ३०३ जना सङ्क्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ ।

यस्तै, सो अवधिमा ६ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार १७ जना पुगेका छन् ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ ।

हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेसनमा र १२२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्