‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छौं’
काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनगरे सँगै अहिले नेपालको राजनीतिमा उथलपुथल आएको छ । दुईतिहाइको सरकार नेकपा दुई समुहमा विभाजित समेत भएको छ । ओली समुह र दाहाल- नेपाल समुह छन् ।
यसमा दाहाल र नेपाल सुमह संसद विघटनविरुद्ध सडकमा आएका छन् । अन्य दल पनि यसको विरोधमा सडकमा आएका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन्।
पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई मंगलबार चितवनमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टी एकताका निम्ति उहाँहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको बताए ।
अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता समेत व्यक्त गरे।
दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएका थिए। सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको पनि उनले बताए ।
यो उनको योगदानलाई आफुले सधै सम्झीरहने बताए । ’कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उहाँको योगदानका कारणले म अहिले योे ठाउँमा आइपुगेको हुँ।’ उनले भने ।
















प्रतिक्रिया दिनुहोस्