निर्वाचन आयोगले पठायो ओली र प्रचण्ड–नेपाल समूहलाई ११ पुष्ठ लामो पत्र( पूर्णपाठसहित) )

काठमाण्डौ , माघ १३ । निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ ।

आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो पत्र पठाएको छ । आयोगले प्रचण्ड र अ‍ोली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम ९५० बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ ।

त्यस्तै नियम २५ को उपनियम ९६० बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको आयोगले निर्णय गरेको छ । गत आइतबार बसेको आयोगको बैठकले नेकपा विभाजनलाई कानूनी रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । आयोगले दुवै पक्षले थप गरेका अध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्य मान्य नहुने बताएको छ । यसपछि नेकपामा थप अन्यौलता थपीको छ । अहिले ्दुबै समुह आ आफ्नै बैठक तथा भेलामा ब्यस्त छन् ।

          

प्रतिक्रिया दिनुहोस्