ग्लोबल आइएमई बैंकको शाखारहित सेवा पाल्पाको हुमिनमा
काठमाडौं ,माघ १३ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
यो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै अब बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टीसी/एनसेल./डिशहोम÷सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं। ४, हुमिन(ग्याङ्गसिंग पोखरा)मा सञ्चालनमा ल्याएको हो । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि।क।ले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्