भारतमा बेच्न लगिरहेकी ७ वर्षीया बालिकाको उद्धार, २ दलाल पक्राउ

काठमाडौं, माघ १३ ।  भरतमा बेच्न लगिरेको अवस्थामा ७ वर्षीया बालिकाको उद्दार गरिएको छ । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा ती बालिकालाई धनुषाको सीमावर्ती जठही नाकाबाट उद्धार गरिएको हो ।

सय बिघा बस्ने सात वर्षीया काजल दास नाम गरेकीलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

साथै सशस्त्र प्रहरी बल जटहीले बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् । पछिल्लो समय बालिका तथा किशोरीहरु बेचिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्