सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ , माघ १३ । मंगलबार सुनको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यसैगरी मंलबार चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्