प्रतिनिधिसभा विघटन : आज ११ औं दिन , संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौँ, माघ १३ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको आज ११ औं दिन !  निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी नै रहेको छ।

संवैधानिक इजलासमा आजको सुनुवाइ पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । आज पनि रिट निवेदककै पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्