नेपालक्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, माघ ९ । नेपालक्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रीयकार्यालय,बागबजार काठमाण्डौंमा आर्थिक वर्ष २०७६/ ७७को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ ।

यसै साधारण सभाबाट संस्थापक समुह“क” बाट तीन (३) जना र सर्वसाधारण समुह“ख” बाट एक (१) जनामहिला सहिततीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमानिर्वाचित गरेकोछ ।

साथै साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह“ख” बाट चन्द्र प्रसाद बास्तोला, सुमन कुमारी जोशी र श्री निशेष प्रधान निर्वाचित हुनु भएकोछ ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशतबोनस शेयर पश्चात यस बैंकको चुक्तापूँजी रु १०अर्ब३१ करोड ४५लाख१६हजार ६ सय ८० पुग्नेछ ।हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७शाखा र१०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७मा रु. ७९अर्ब ६१ करोड७० लाख निक्षेप परिचालन तथा रु. ६७अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुदनाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्