संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं, माघ ९ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध शक्ति प्रदर्शन सुरु गरेको छ ।
पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् । सभामा ठूलो र्याली निकालेको तस्बिरमा देख्न सकिन्छ । । काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका थिए।
र्यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका थिए।
उनीहरुको नेतृत्वमा अघि बढिरहेको र्यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका छन्। जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
प्रचण्ड–नेपाल समूहको र्यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दा यात्रूहरुले सास्ती ब्यहोर्नुपरेको छ। उपत्यकाका विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सार्वजनिक सवारीहरु र्यालीका कारण प्रभावित बन्दा यात्रुहरुले सास्ती ब्यहोर्नु परेको हो ।
काठमाडौंमा विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। कोणसभालाई पुष्पकमल दाहाल, माधव कुमार नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।यसअघि हिजो कांग्रेसले संसद विघटनविरुद्ध देशभर प्रर्दशन गरेको थियो ।

















प्रतिक्रिया दिनुहोस्