अमेरिकी राजदूत बेरीले भेटे प्रधानमन्त्री ओलीसँग , यस्तो भयो कुराकानी

काठमाडौं , माघ ९ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न बेरीले भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत बेरीले बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताएका थिए ।

नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई जनाकारी गराए ।

राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताउँदै उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने उल्लेख गरे ।

साथै उनले जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि रहेको बताए ।

बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिने उनले भेटमा ओली समक्ष जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्