चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, १ लाख ३९ हजार ६ सय २ जनाले पाए
काठमाडौं,९ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आईपिओमा आवेदन दिनेमध्ये १ लाख ३९ हजार ६ सय २ जनाले कम्पनीको १० कित्ता शेयर पाएको कम्पनीको शेयर बिक्री तथा निष्कासनकर्ता ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
आईपिओको लागि आवेदन दिएका मध्ये १० लाख ७१ हजार ५ सय १३ आवेदकहरुको हात खाली नै रह्यो ।
कम्पनीको आईपीओ भरेकाहरुमध्ये १२ लाख ११ हजार १ सय १५ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो । त्यसै गरि ४० हजारभन्दा धेरैको आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीओमा कुल १२ लाख ५१ हजार १० आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो ।
कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेको हो। यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ । ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ ।
प्रतिक्रिया दिनुहोस्