जिरोना विरुद्ध बार्सिलोनाको ३ गोल

(एजेन्सी) – ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति जिरोनालाई ३–० अग्रता कायम राख्न सफल भयो । बार्सिलोनाका लागि १ गोल लुइस स्वारेजले गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा आत्मघाती गोल भएको थियो ।

खेलको १७ औँ मिनेटमा जोर्डी अल्बाले गरेको प्रहार जिरोनाका आर्डे बेनिटेजलाई लागेर गोलपोस्टभित्र छिरेको थियो । पहिलो हाफमा लियोनल मेस्सीको फ्रिकिकलाई इराइजोजले उत्कृष्ठ बचाऊ गरेका थिए । त्यस्तै एलेक्स भिडालको ४८ औँ मिनेटको प्रहार जिरोनाको गोलरक्षक गोर्का इराइजोजलाई लागेर पोस्टको दिशा लिएको थियो । ६९ औँ मिनेटमा सेर्जि रोबर्टोले दिएको लामो पासलाई फरवार्ड लुइस स्वारेजले सदुपयोग गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले यस सिजनका ६ खेलमा ६ नै जित दर्ता गर्दै अंक तालिकाको अग्रस्थानमा छ भने साविक विजेता रियल म्याड्रिड ११ अंक सहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्