नेपालद्वारा केन्या ३ विकेटले पराजित
काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो रोमाञ्चक जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना अझ वलियो वनाएको छ । केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ५० ओभरमा पुरा गरेको छ ।
नेपालको लागि रोहित कुमार पौडेलले सबैभन्दा धेरै ८६ वलमा ४७ रन वनाए त्यस्तै कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ४४बलमा ४२ रन बनाए । उनी २ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन बनाएर आउट भए । त्यस्तै, नेपालको जितमा आरिफ शेखले पनि ८२ वलमा ४२ रन, सरद भेष्वाकरले १९ रन ज्ञानेन्द्र मल्लले ९ सोमपाल कामीले ५ रनको को योगदान दिए ।
टस हारेर ब्याटिङ गरेको केन्याले पुरै ५० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनाएको थियो ।
केन्याका तर्फवाट इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउटमै २४ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १० ओभर बलिङ गरेर २० रन खर्चेर ५ विकेट लिएका हुन् ।
नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए । उनले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएका हुन् । सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्