संसद विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलियो , पुनःस्थापना हुनुपर्छ : कृष्ण पहाडी

काठमाडौं , माघ ८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्तिका लागि भएपनि प्रतिनिधिसभा पुःन स्थापना हुनेपर्ने बताएका छन् ।

समाज कैलालीको आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने दाबि गरेका हुन् ।

मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको बताउँदै उनले राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी रहेको औंल्याए ।

संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै अहिले विभिन्न राजनीतिकदलहरुले आन्दोलन गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्