प्रतिनिधिसभा पुनःस्थापना हुँदैन, अब देश निर्वाचनमा गइसक्यो : विष्णु पौडेल

काठमाडौं , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले देश अब निर्वाचनमा गइसकेको बताएका छन्।

ओली समूहनिकट प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ’नेपाली समाज नयाँ निर्वाचनतर्फ गइसकेको छ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ’, उनले भने, ’तर अब प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना छैन र हुनै सक्दैन। संविधानको धारा ७६ को ७ र धारा ८५ ले पाँच वर्षअघि नै प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको छ।’

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए पनि त्यसले सरकार बनाउन नसक्ने उल्लेख गरे । साथै उनले निर्वाचनका लागि सुरक्षा निकायका प्रमुखहरु लागीसकेको पनि बताए । दाहाल(नेपाल समूहप्रति लक्षित गर्दै उनले निर्वाचन आयोगलाई दबाब नदिन पनि आग्रह गरे।

अब कसैको दबाब तथा आन्दोलनले निर्वाचन नरोक्ने र निर्वाचनको दिशामा मुलुक गइसकेको उनको भनाइ रहेको थियो । निर्वाचनका लागि सुरक्षा निकाय पनि लागी परेको छ तर यता दाहाल नोपल समुहले भने निर्वाचन नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्