नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा १८. ५ प्रतिशत लाभांश पारित

काठमाडौं , माघ ८ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले १८.५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित पनि गरेको छ । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५।५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ । ।

यस वर्ष बैंकले रु। ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४।.२४ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु। १५२ अर्बबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु। १२७ अर्बबाट वृद्धि भइ रु। १४१ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्