प्रचण्ड- नेपाल समुहले भोली काठमाडौंमा शक्ति प्रर्दशन गर्दै, ९ ठाउँबाट जुलुस निकालीने

काठमाडौं, माघ ८ । संसद विघटनको विरोधमा भोली नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले कार्यतालिका नै सार्वजनिक गरेको छ।

संघर्ष समितिले प्रदेश, जिल्ला, जबस, मोर्चा संगठनहरुले विरोध प्रदर्शनमा तथा सभामा सहभागि गराउने भनी जानकारी दिएको संख्यामा नघटाई उपस्थित गराउनसमेत निर्देशन दिएको छ।

भोली हुने पर्दशनमा भेलामा अनिवार्य सहभागी हुन कार्यकर्तालाई आग्रह गरिएको छ । उपत्यकाका ९ ठाउँमा कार्यकर्ताहरु जम्मा हुने छन् ।   ति ठाउँको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने छन् र ठाउँमा समयमै आइनपुगे निर्देशन समेत दिएको छ ।

हरेक संगठनलाई आफ्नो तर्फबाट कार्यक्रममा सहभागि हुन आउने सहभागिहरुको सवारी सधानको नम्वर, संख्या , नाम ठेगान र फोन नम्बर बुझाउन भनिएको छ। कार्यक्रममा सहभागिहरु बस चढेपछि सूची तयार पारेर बुझाउन पनि भनिएको छ।

उपत्यकाका ९ ठाउँबाट निस्कने जुलुसमा निर्धारित नारामात्र लगाउन पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्