‘संविधान मिचेर, लोकतन्त्रमाथि प्रहार गरेर गरिएको चुनावले राम्रो परिणाम दिँदैन : प्रचण्ड

काठमाडौं, माघ ७ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम नदिने बताएका छन्।

बुधबार बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले चुनाव मुख्य कुरा नभएर प्रणाली मुख्य भएको बताए।

धेरै तानाशाहरुले निर्वाचन गराएर शत् प्रतिशत मत प्राप्त गरेको इतिहास रहेको बताउँदै उनीहरुलाई नै जनताले गलहत्याएर फाल्नुपर्ने अवस्था आएको उनको जिकिर रहेको थियो ।

‘अध्यक्ष प्रचण्डले आफूहरु निर्वाचनको विरोधी नभएको र हुन नसक्ने पनि बताए। उनले एक वर्षपछि स्थानीय तहको र त्यसलगत्तै केन्द्रको निर्वाचन हुने भन्दै आफूहरु निर्वाचनका लागि सधैँ तयार रहेको उल्लेख गरे ।

उनले बहुदलीय प्रतिस्पर्धा, संविधान, निर्वाचन र स्वतन्त्र न्यायपालिकाप्रति आफूहरु प्रतिवद्ध रहेको र त्यको परीक्षण समेत भइसकेको बताए।

उनले अहिलेको प्राथमिकता निर्वाचन भन्दा लिक बाहिर लगिएको संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउनु पर्ने भएको बताए।

प्रतिक्रिया दिनुहोस्