सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

काठमाडौं, माघ ७ । विश्वभर फैलीएको कोरोना भाइरसको अन्त्य नहुँदै फेरि विश्वमा नयाँप्रजातिको भाइरस आएको छ । यो कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको दावी गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।

बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । यतना नेपालमा पनि ३ जनामा पुष्टि भइसकेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्