विचारहिनता भएपछि राजनीतिमा शुद्धिकरण गर्नैपर्ने हुन्थ्यो, आफैं साइड लागे: प्रधानमन्त्री ओली
काठमाडौं, ६ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपीशर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसँग देश बनाउने सोच नै नभएको बताएका छन् । विचारहिनता भएपछि राजनीतिमा शुद्धिकरण गर्नुपर्ने हुन्छ, एकदिन न एकदिन यो शुद्धिकरण गर्नैपर्ने हुन्थ्यो, तर अहिले उनीहरु आँफै साईड लागे ।’ भेलामा सहभागी अनेरास्ववियूका केन्द्रीय कमिटी सदस्य राजकुमार गजुरेलका अनुुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई नेपाली जनताले उहिल्यै चिनिसकेको उल्लेख गर्दै अब माधव नेपाललाई पनि चिनेको प्रष्ट्याए ।
प्रधमनान्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसँग देश बनाउने सोच नै नभएको आरोप लगाएका छन् । उनले भने,‘नेकपाबाट फुटेर गएकाहरुसँग देश बनाउने सोच नै छैन् । उनीहरुसँग सकारात्मक मानिसकता नै छैन् ।
आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवटारमा नेकपा नुवाकोटका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले दाहाल–नेपाल समूहमा लागेका÷गएका केहीबाहेक सबै नेता तथा कार्यकर्ताहरु आफूहरुसँगै फर्किने पनि विश्वास दिलाए । उनले भने,‘उहाँहरु फर्किएपछि हामी सम्मानका साथ जिम्मेवारी पनि दिन्छौं ।’ उनले झण्डै तीन वर्षसम्म नेकपा कोमामा पुर्याईएको बताउँदै अहिले भने पार्टी गतिशिल बनेको दाबी गरे । उनले दाहाल–नेपाल समूहले चुनावी गतिविधि नगरे आफूहरुलाई फाईदा पुग्ने पनि विश्वास दिलाए ।
उनले दाहाल–नेपाल समूहलाई आन्दोलनको धम्की नदिनपनि चेतावनी दिएका छन् । उनले थपे,‘आँफै सातोपुत्लो उडेका मान्छेहरुले आन्दोलनको धम्की नदिए हुन्छ, देश चुनावतर्फ अघि बढिसक्यो, तपाईँहरु यसको तयारीमा जुट्नुहोस् ।’ माधव नेपालप्रति व्यंग्य गर्दै ओलीले भने,‘देश डुब्नै लाग्यो, माझी दाई देश बचाईदेउ भन्नेहरुले कसरी देश चलाउँछन् ?’ दाहाल–नेपाल समूह राजनीतिबाट पाखा लाग्नेपनि उनको दाबी छ ।
उनले आफूहरुसँग देश विकास गर्ने खाका र त्यहीअनुसारको विचार रहेको उल्लेख गरे । उनले भने,‘हामीसँग देश बनाउने स्पष्ट भीजन छ । विचार छ । कर्मठ कार्यकर्ता पनि छन् । जनवर्गीय संगठन पनि मजबुद छ ।’ उनले आफूहरु देश र जनतालाई घाउ पनि नहोस भन्ने पक्षमा रहेको सुनाउँदै दाहाल–नेपाल समूह चाहीँ हिंसात्मक आन्दोलन गर्ने भन्दै जनता र युवाहरुलाई दिग्भ्रमित बनाउने काम गरेको आरोप लगाए । आफू अस्पतालबाट घर फर्कँदा दाहाल–नेपाल समूह भने अत्तालिएको पनि उनको टिप्पणी छ ।
ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।















प्रतिक्रिया दिनुहोस्