प्रधानमन्त्री गणतन्त्र विरोधी हुन्: नेता नेपाल

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका छन् ।

विगतका बैठकहरुमा गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको बताउँदै उनले प्रधानमन्त्री ओलीलाई ली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका हुन् ।

नेता नेपालले भने, ‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ । उहाँ गणतन्त्र आउन सक्दैन भन्नुहुन्थ्यो पार्टीमा फरक मत पनि राख्नु भएको थियो ।’

प्रेस संगठनसंगै कुरा गर्दै उनले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनको जिकिर छ ।
‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुर्पयो कि प्रधानमन्त्री छोड्नुर्पयो,’ उनले भने । प्रचण्ड र आफूलाई ओलीले र्भयाङ मात्रै बनाएको नेपालको बताए ।
‘उहाँले प्रचण्ड र मलाई र्भयाङ मात्रै बनाउनुभयो, कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने, नले ओलीको व्यक्तिवादविरूद्ध आफूहरूको लडाइँ रहेको बताए।

उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो।

ओलीले नेकपा एमाले पार्टीको संगठन निर्माणमा पनि भूमिका नखेलेको दाबी गरेका नेपालले आफूले नै त्यसबेला पार्टी संगठन बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्