प्रचण्ड- नेपाल पक्षद्वारा ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार

काठमाडौं, माघ ५ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।यसका लागि ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको छ ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर रु स्पष्टीकरण माग गरिएको छ ।

पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्