निर्वाचन आयोगले पेस गर्यो राष्ट्रपति भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन
काठमाडौँ, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश गरेका हुन ।
उक्त समारोहमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुरागाईँ लगायत सहभागी भएका थिए ।
यसैबीच यता योसँगै आयोगले सरकारले आगामी वैशाख १७ र २७ गते निर्धारण गरेको मध्यावधि निर्वाचनको खर्चबारे छ्लफल तीव्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस्