थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि , ६ संक्रमितको मृत्यु
काठमाडौँ, माघ ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।यसअघि आइतबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ थियो ।
पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ८१८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।
यसैबीच नेपालमा नयाँ स्वरुपको कोभिड–१९ भित्रिएको पुष्टि भएको छ । पुस पहिलो हप्ता बेलायतबाट आएका तीन जनामा परिवर्तित स्वरुपको कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड १९ को जोखिम कम गर्न भीडभाडमा नजान जानैपरे कम्तीमा दुई मिटर दूरी कायमै राख्न पटकपटक साबनुपानीले हात धुन तथा बाहिर निस्कँदा मास्क लगाउन अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्