सूर्या लाईफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
कठमाडौं, माघ ५ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७५/०७६ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो । कम्पनीको बाह्रौं वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गर्नु भएको थियो ।
उक्त सभाबाट शेयधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९००।(बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११।-नगद लाभाँस गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम रु. २२,६८,५६,६११।-लाभाँश पारित भएको छ ।
आज सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।उक्त सभामा उपस्थित शेयरधनी महानुभावहरु त्था अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराएको थियो ।
साथै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापनको घोषणा गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्