कांग्रेस नेता सिटौला भन्छन्- सर्वोच्चले संविधानको सही ब्याख्या गरोस्

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा नेता सिटौलाले यस्तो बताएका हुन् ।

मुलुकलाई यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा अदालतले रोक्नु पर्ने उनले बताए ।

कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गरे ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राकिापुर पति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको पक्ष विपक्षमा देश विभाजित भएको छ भने संसद विघटनविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।साथै यस विरुद्ध अहिले देशमा आन्दोल थालीएको छ ।

प्रतिक्रिया दिनुहोस्